‘लिलिबिली’ दोश्रो गीत, जसितालाई के भन्दैछन् प्रदीप ?

फिल्म ‘लिलिबिली’ को शिर्ष गीत रिलिज भएको छ । स्कटल्यान्डमा छायाँकन गरिएको गीतमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ फिचरिङ छन् । एसडी योगीको स्वर तथा संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको लिलिबिलीको शिर्ष गीतको भिडियो यस्तो बनेको छ :

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ लाई निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्का मिलेर बनाएका हुन् । फिल्ममा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की पनि मुख्य भूमिकामा प्रस्तुत भएकी छन् । फिल्म चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको एउटा रोमान्टिक गीत सार्वजनिक भैसकेको छ ।

यस्तै फिल्म युनिटले उत्कृष्ट एक लाख बराबरको पुरस्कार राशी सहित कभर भिडियो प्रतिस्पर्धा पनि घोषणा गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha