केकी-विनोद ‘कोहलपुर एक्सप्रेस’मा ‘मनसँग मन साट्दै’

फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ‘काउ सङ्ग’पछि दोश्रो रोमान्टिक गीतको भिडियो रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘अब मनसँग मन’ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमाा नायिका केकी अधिकारी र नायक विनोद न्यौपाने प्रस्तुत छ । नेपाल भित्रिका सुन्दर दृश्यमा छायाँकन गरिएको गीतको भिडियो हेर्नुस् :

विशाल भण्डरी निर्देशित फिल्म कोहलपुर एक्सप्रेसको बैशाख १४ लाई प्रदर्शन मिति तोकिएको छ । केकी अधिकारीको प्रस्तुती रहेको फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलागाईं निर्माताको रुपमा रहेका छन् । निर्देशक भण्डारीकै लेखन रहेको कोहलपुर एक्सप्रेसलाई अर्जुन तिवारीले खिचेका हुन् ।


कमेडी फिल्म कोहलपुर एक्सप्रेस मा केकी र विनोदसँगै नायिका प्रियंका कार्की, ऋचा शर्मा, कलाकारहरु बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय छ । केकी पहिलो पटक निर्मात्रीको रुपमा आएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha