‘कान्छी’को रिलिज अगावै लगानी सुरक्षित

प्रदर्शन पुर्व नै श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ले आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । प्रचार प्रसार सहित २ करोड लगानीमा बनेको फिल्मले ब्रान्ड र डिजिटल तथा ओभरसिज राइटस् मार्फत उच्च लगानी सुरक्षित गरेको हो ।


श्वेताले ब्राण्ड पार्टनर्सबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख लिइन् । यसर्थ फागुन ४ गते अगाडी नै श्वेताले दुई करोड बढी रकम प्राप्त गरिन् । फिल्मले नेपालबाट गरेको व्यापार श्वेतालाई नाफाको हुनेछ । श्वेताका दुई भाई शैलेश खड्का र रविन खड्का निर्माताको रुपमा रहेका छन् । दया र श्वेतासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेताको अपोजिटमा अभिनेता दयाहाङ राई प्रस्तुत भएका छन् । दया र श्वेतासँगै निर शाह, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, आशान्त शर्मा लगायत कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा अर्जुन पोखरेल र राजनराज सिवाकोटीले संगीत दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha