‘कृ’ कलेक्सन : ‘विदेशी फिल्मलाई पछार्यौं’ : भुवन

अनमोल केसी स्टारर फिल्म ‘कृ’ को ६ दिने कलेक्सन सार्वजनिक गरिएको छ । बिहिबार छोटो प्रेसमिट गर्दै निर्माता सुवास गिरी र भुवन केसीले शुक्रबारदेखि बुधबारसम्मको ग्रस कलेक्सन मिडिया सामु ल्याएका हुन् ।

‘कृ’ ले ६ दिनमा ५ करोड ४४ लाख रुपैयाँ बाराबरको कलेक्सन गरेको जानकारी दिए । एक्सन फिल्मले पहिलो दिन देशभरबाट कूल ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ, दोस्रो दिन १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ रुपैयाँ, तेस्रो दिन ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ, चौथो दिन ५६ लाख १९ हजार ९ सय ९३ रुपैयाँ, पाँचौ दिन ८५ लाख ७९ हजार ५ सय ४५ रुपैयाँ र छैठौं दिन ६२ लाख ९५ हजार ८ सय ६० रुपैयाँ कलेक्सन गरेको निर्माता गिरीले बताए । यस्तै उनले निर्माताले फिल्मको ओभरसिज राइट्स ८० लाख र ब्राण्डबाट ५० लाख रुपैयाँ हात पारेको पनि खुलाए । यो सँगै फिल्मले साढे तीन करोड लगानी सुरक्षित लगानी सुरक्षित गरेको निर्माता गिरीले दाबी गरे । दर्शक प्रतिक्रिया हेर्नुस् :

यता निर्माता भुवन केसीले ‘कृ’ ले विदेशी फिल्मलाई पछारेको अभिव्यक्ति दिए । ‘सँगै लागेका दुई हिन्दी फिल्मलाई हामीले पछारेका छौं’, निर्माता केसीले दाबी गरे । अनमोलको कृसँग पद्यमावती र प्याडम्यान रिलिज भएका थिए । सुरेन्द्र पौडेल निर्देशित कृ मा अनमोल सँगै नव नायिका अदीति बुढाथोकी, अभिनेता अनुपविक्रम शाही लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha