स्व.श्रीकृष्णको परिवारले हेरे श्वेताको ‘कान्छी’

स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको परिवार तथा आफन्तले श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ शुक्रबार नै हेरेका छन् । स्व.श्रीकृष्णको परिवार तथा आफन्तको लागि श्वेताले प्रदर्शनको पहिलो दिन शुक्रबार विशेष शो राखेकी थिइन् ।

कमलपोखरीस्थित बिग मुभिजमा करिब पचास जना स्व.श्रीकृष्णका परिवार तथा आफन्त ‘कान्छी’ हेर्न उपस्थित थिए । उनीहरुले फिल्म मन परेको प्रतिक्रिया दिए । ‘श्रीकृष्णलाई धेरै सम्झियौं । श्वेताले राम्रो फिल्म बनाएको रैछ’, स्व.श्रीकृष्णका एक आफन्तले भनिन् । यता ‘कोहिनूर’पछि दर्शकमाझ आएकी श्वेता फिल्म हेरेर निस्किएपछि निकै भावविहल भइन । ‘फिल्म हेर्दा शिव सर र श्री दादालाई निकै मिस गरें’, रुदै श्वेताले भनिन् । विशेष शोको भिडियो हेर्नुस् :

‘मैंले दिन खोजेको कुरा दर्शकले बुझ्नु भएको छ’, निर्देशक अधिकारीले भने, ‘दर्शक प्रतिक्रियाबाट हामी निकै खुसी छौं ।’ ‘कान्छी’ हेर्दा स्व.श्रीकृष्णलाई निकै मिस गर्ने समेत निर्देशक अधिकारीले बताए । अभिनेता दयाहाङ राईले फिल्मलाई दर्शकले साथ दिने आशा राखे ।

पारिवारिक प्रेम कथामा बनेको ‘कान्छी’मा श्वेता र दयासँगै कामेश्वर चौरसिया, अनु शाह, अशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी लगायत कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र बसन्त सापकोटाको संगीत छ । फिल्मको स्क्रिप्ट याम थापाले लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha