तर्साउने ऋचाको ‘सुनकेशरी’ टिजर

नायिका ऋचा शर्माको मुख्य भूमिका रहेको हरर नेपाली फिल्म ‘सुनकेसरी’ को टिजर रिलिज भएको छ । आउँदो सालको जेठ ११ गतेदेखि प्रदर्शनमा आउने अर्पण थापा निर्देशित फिल्मको टिजर डरलाग्दो छ । टिजर हेर्नुस् :

सम्पूर्ण छायाँकन अस्ट्रेलियामा भएको ‘सुनकेसरी’ मानव जीवन र भुतप्रेतसँग सम्बन्धित छ । फिल्ममा निर्देशक थापाकै अर्पण थापाको कथा र पटकथा छ । भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लाँरेन लाँफबर्गको मुख्य भूमिका छ ।

‘सुनकेशरी’ मा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्काँट क्लेमेंटको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha