‘हुर्रे’ युनिट केकी सहित मोफसल प्रचारमा

फाल्गुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’ टिम फिल्म प्रचारको लागी देश दौडाहमा निस्किएको छ । बिहिबार पोखरामा प्रेसमिट गर्दै फिल्म युनिटले ‘हुर्रे’ पूर्ण रुपमा कमेडी कथामा रहेको उल्लेख गर्यो । यख ईन्टरटेन्मेन्ट ब्यानरमा निर्मित यस फिल्ममा अनुपविक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्काको मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।


मेनका नामले फिल्ममा प्रस्तुत भएकी केकीले ‘हुर्रे’ मा उनले प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाह गरेको खुलाइन् । यस्तै केकीले पोखरा नेपाली फिल्मको लागि दोश्रो ठुलो घर रहेको समेत बताइन् । यता वरिष्ठ हाँस्य कलाकार राजाराम पौडेलले ’हुर्रे’ मा खेल्न पाउँदा आफु पुन १६ वर्ष उमेरमा फर्किएको अनुभुति भएको बताए । ठेकीमा दही बोलको गीतमा राजारामले केकीसँगै कम्मर कर्माएका छन् । गीत हेर्नुस :

याम थापाको लेखन तथा निर्देशनमा बनेको ‘हुर्रे’ मा अंकित खड्का, विजय बराल, संगीता नापित लगायतका कलाकारको पनि अभिनय रहेको छ । दावा शेर्पा, सोनम लामा र शेयरिङ्ग डोर्जी लामाको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha