सरोजसँग डिस्कोमा धमला पत्नी, रिलिज भयो भिडियो

ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’ को पहिलो गीत रिलिज भएका छ । ‘कान्छा दाई गाना बजाईदेउ‘ बोलको क्लब संगमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

गीतमा ताराप्रकाश लिम्बु संगीत तथा शब्द र ममता गुरुङको स्वर छ । ऋषिराज धमला प्रस्तुतकर्ता रहेको ‘अनुराग’ का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको सिनेमामा सत्यराजरआगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन छ । गीतसँगै ‘अनुराग’ को ११ गते लाई प्रदर्शन मिति तोकिएको छ ।

फिल्ममा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायत कलाकारको अभिनय छ । अनुराग विशेषतः ऋषि धमला पत्नीको संलग्नताका कारण चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha