सम्झनाको उकालीमा ‘कृ’ मा रिमेक (भिडियो)

प्रदर्शनको दोश्रो सातामा रहेको फिल्म ‘कृ’ को नयाँ गीत रिलिज गरिएको छ । सुपरहिट फिल्म ‘सम्झना’मा समावेश ‘उकाली’मा पछि पछि बोलको गीतलाई रिमेक गरिएको छ । रञ्जित गज्मेरको संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतीले रिमेक गरेका हुन् । स्वर तथा शब्द पनि उप्रेतीकै छ । भिडियो हेर्नुस् :

अनमोल केसी र अदीति बुढाथोकी फिचरिंग गीतको भिडियोलाई एञ्जिला खत्रीको कोरियोग्राफी गरेका हुन् । गीतको लोकेशन निकै आकर्षक छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल, अदीति र अनुप विक्रम शाहीको मुख्य भूमिका छ । सुवास गिरी र भुवन केसी निर्मित फिल्मले पहिलो साता पाँच करोड माथिको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha