’शत्रु गते’ पोस्टरमा जोडी तीन, मन पर्यो कुन ?

चैत ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ’शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ । टौवा क्रियशनका लागि विजय बस्यालले तयार गरेका सार्वजनिक चार पोष्टर आकर्षक छन् । पोष्टरमा मुख्यतः हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडीलाई प्रस्तुत गरिएको छ ।


फिल्मको अर्को एक पोस्टरमा फिल्मका सबै मुख्य पात्रहरु प्रस्तुत छन् । ‘रुपै मोहनी’ गीत रिलिजसँगै चर्चामा रहेका ‘शत्रु गते’को पोस्टरबाट फिल्म पारिवारिक प्रेम कथामा बनेको बुझ्न सकिन्छ । दिपकराज र प्रियंकाको जोडी भने चोर पुलिसको जोडी हुन सक्ने अड्कल पोस्टरबाट झल्किन्छ ।

यता निर्देशक प्रदीप भट्टराई पनि फिल्मको थिम अनुसार नै पोस्टर तयार गरिएको बताउँछन् । पोस्टरका लागि श्रीधर पौडेलको फोटोग्राफी छ । टंक बुढाथोकीको संगीत रहेको ‘रुपै मोहनी’ लाई ९४ लाख पटक हेरिंदा फिल्मको अर्को गीत पिरतीको बर्कोलाई पनि दर्शक तथा श्रोताले रुचाएका छन् ।

मल्टिस्टारकास्ट र गीत संगीतको चर्चासँगै ‘शत्रु गते’ यस वर्षको प्रतिक्षित फिल्मको तालिकामा पर्न आएको छ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको शत्रु गते मा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेलको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha