‘नाका’को ओएसटिमा डिलिट गरिएका दृश्य (भिडियो)

यही फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नाका’ को टाइटल ट्रयाक रिलिज भएको छ । ‘मेरो नाका‘ बोलको गीतमा फिल्मबाट हटाइएका दृश्यहरुलाई समेत समावेश गरिएको निर्माण पक्षको दाबी छ । अमृत श्रेष्ठ निर्देशित नाका मा अभिनेता बिपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् । गीत हेर्नुस् :

गीतमा रोहित शाक्यको संगीत, युनिक पोइटको शब्द, रोहित शाक्यरयुनिक पोइट र रोविन तामाङको स्वर रहेको छ । फिल्ममा विपिनसँगै थिन्ले ल्याम्हो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गंदर्भ, सुजन थापा मगर लगायतका कलाकारको अभिनय छ ।

अभिषेक सुवेदीको लेखन, चिन्तनराज भण्डारीको छायाँकन, रोहित शाक्यको संगीत तथा विभूषण बस्नेत र पूजा गुरुङको सम्पादन रहेको छ । फिल्मको कथा निर्देशक श्रेष्ठकै हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha