‘रणवीर’मा सुशिल र शुभेच्छाको जोडी

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर फिल्म ‘रणवीर’ बन्ने भएको छ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहने फिल्ममा नायक सुशिल सिटौल शिर्ष भूमिकामा प्रस्तुत हुनेछन् । यही सातादेखि राजधानीबाट छायाँकन सुरु हुने रणवीर को आइतबार प्रेसमिट गर्दै निर्माणको औपचारिक घोषणा गरियो ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको संयुक्त लगानी रहेको ‘रणविर’ मा सुशिलसँगै फिल्ममा शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिल्ममा सकारात्मक भूमिकामा प्रस्तुत हुनेछन् । यस्तै टिका पहारी, प्रशान्त ताम्रकार, रवि गिरी र नरेश पौड्याल फिल्ममा नकारात्मक भूमिकामा प्रस्तुत हुनेछन् । हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह फिल्ममा सहायक पात्रको रुपमा प्रस्तुत हुनेछन् ।

महेश पौडेलको छायाँकन रहने फिल्ममा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् । फिल्मका द्धन्द्ध निर्देशक चन्द्र पन्त हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha