‘कान्छी’को सेलिव्रेटी शो (फोटो तथा भिडियो)

सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी शोमा मह जोडी, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री गृह मन्त्री अग्नि सापकोटाले कान्छीको प्रशंसा गरे । भिडियो हेर्नुस् :

‘मलाई त कान्छी नै राम्रो लाग्यो’, वरिष्ठ अभिनेता हरिवंश आचार्यले भने, ‘श्वेताले मुटु निचोर्नु भएको छ । कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ’, भर्सटायल एक्टरले भने । ‘पुरानो धारको भएरपनि नयाँ चिजलाई अंगालेको छ’, मदनकृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए ।

यता निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन् । ‘कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए’, भावुक हुँदै दिपाले भनिन्, ‘श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नुपर्छ ।’ स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकै जिल्ला माओवादी केन्द्रका नेता सापकोटाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । ‘फिल्मको कथावस्तु र अभिनय राम्रो छ’, सापकोटाले भने, ‘फिल्म हेर्न थालेपछि अन्तिमसम्म समय बितेकै थाहा भएन ।’

आकाश अधिकारी निर्देशित फिल्म कान्छी मा श्वेता ‘कान्छी’को शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने अभिनेता दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको कान्छीमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत छ । गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले निर्देशन गरेका छन् । ‘कान्छी’को स्क्रिप्ट याम थापाको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha