‘प्रेम गीत २’ टिमलाई सुदर्शन थापाको यस्तो झटारो !

निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनबिच सम्बन्ध सुमधुर छैन । फिल्मी बजारमा यो कुरा सर्वविदितै छ । ‘चंखे शंखे पंखे’ र ‘प्रेम गीत’ मिलेर बनाएका सन्तोष र सुदर्शन अहिले दुई ध्रुव भएका छन् । पूजालाई लिएर सुदर्शनले म यस्तो गीत गाउँछु बनाएका छन् भने सन्तोषले प्रदीपले लिएर प्रेम गीत २ बनाएका छन् ।

दुई साताको अन्तरालमा रिलिज हुन लागेका दुई फिल्महरुको प्रचारात्मक सामग्रीहरु अहिले सार्वजनिक भैरहेका छन् । ‘प्रेम गीत २’ ले सोमबार मात्रै प्रोमो रिलिज गरेको छ । प्रेम मिट गरेरै सार्वजनिक गरिएको ‘प्रेम गीत २’ को प्रोमो निर्देशक सुदर्शन थापाले शुभकामना दिंदै आफ्नो फेसबुक वालबाट सेयर गरेका छन् । ‘प्रेम गीत २’ को प्रोमो सुदर्शनले आफ्नो फेसबुकमा सेयर गर्नुलाई फिल्म वृत्तमा आ आफ्नै तवरले विश्लेषण गरिएको छ ।

धेरैले ‘प्रेम गीत २’ टिमलाई सुदर्शनले ‘फूलको झटारो’ दिएको भन्ने विश्लेषण गरेका छन् । ‘म यस्तो गीत गाउँछु’ को प्रोमो सार्वजनिक भएर युट्युव ट्रेन्डिङमा आउँदा निर्माता सन्तोष सेनले छेडखानी गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha