‘टप मोडल वर्ल्डवाईड २०१८’ हुँदै निशान चौहान

‘म्यानहन्ट नेपाल २०१६’ का मिस्टर पर्सनालिटी तथा ’टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ’टप मोडल वर्ल्डवाईड २०१८’ मा सहभागी हुने भएका छन् । सोमवार राजधानीमा प्रेसमिट गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी दिएका हुन् ।


आगामी अप्रिल ३ मा सम्पन्न हुने प्रतियोगीतामा निशान सहित ४० बढी प्रतियोगीको सहभागिता रहनेछ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलहरुसँग आफुले प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको निशानले बताए । ’म नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिस्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छ’ निशानले भने, ‘सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछ ।’

पत्रकार सम्मेलनमा निशानले ’टप मोडल वर्ल्डवाईड २०१८’को उपाधी नेपाल ल्याउन आफुले शतप्रतिशत मेहनत गर्ने बताए । सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका २९ बर्षिय बिरगञ्ज, पर्सा निवासी निशान हाल राजधानीमा बसेर मोडलिङ्गलाई अगाडी बढाईरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha