छवि र शिल्पाको ठाकठुक, यस्तो छ कारण

छविराज प्रोडक्सनले बनाएको पछिल्लो फिल्म ‘मंगलम’ यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । तर यतिबेला मिडियामा भने निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच ‘ठाकठुक’ परेको खबर बाहिरिएको छ । खबर अनुसार छवि र शिल्पाले एकै फ्रेममा मिडियामा ‘ईन्टरभ्यु’ दिन ईन्कार गरिरहेका छन् । किन त ?


‘खाली एउटै कुरा आउँछ, अनि किन दिनु त सँगै ?’ शिल्पाले उल्टै प्रश्न गरिन्, ‘अब त बिहेको कुरा धेरै भैसक्यो ।’ खासमा निर्माता छविराज ओझासँगको बिहेको प्रश्नले शिल्पा हैरानीमा परेकी रहिछन् । यता निर्माता ओझापनि यही प्रश्नले गर्दा मिडियालाई ‘ईन्टरभ्यु’ दिन ईन्कार गरेको स्विकार गर्छन् । ‘अब त कत्ति बिहेको कुरा गर्नु ? ‘मंगलम’ को कुरा गरौं’, छविराज भन्छन् । शिल्पा, पुष्प र पृथ्वीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

उसो त जब शिल्पाले छविराज प्रोडक्सनको ‘लज्जा’ खेलिन्, त्यतिबेला देखि नै उनीहरुको बिहेको चर्चा चलेको थियो । ‘मंगलम’ की निर्मात्री समेत रहेकी शिल्पाले छविसँग बिहे समेत गरिसकेको चर्चा छ तर, उनीहरुले स्विकार गर्दैनन् । नवल नेपाल निर्देशित ‘मंगलम’ मा शिल्पासँगै नायक पुष्प खड्का र पृश्वी प्रसाईंको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha