शिवाजले ल्याए ‘जय नेपाल’ (भिडियो हेर्नुस्)

गायक शिव लामिछानेको गीत ’जय नेपाल’ सार्वजनिक भएको छ । ‘चाहे माया गर, किन दुख्छ मुटु मेरो’ लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछानेलाई शिवाजको नामले सांगीतिक दुनियामा चिन्ने गरिन्छ । उनले यस गीतलाई आफु अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा सार्वजनिक गरेका थिए । भिडियो हेर्नुस् :

यस गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ । गीतमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफै फिचरीङ छन् । गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ । ’गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ’ शिव भन्छन ’गीत मार्फत हामीले हिमाललाई संस्कृतिसंग जोड्ने प्रयास गरेका छौ ।’

गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha