रेखा थापा प्युठान महोत्सव पुग्दा (फोटो फिचर)

नायिका, निर्मात्री, नेतृ तथा समाजसेवी नायिका रेखा थापा यतिबेला बाल विवाह अन्त्यका लागि ‘छोरीका निम्ति स्वर्णीम नेपाल महा–अभियान’ मा व्यस्त छिन् । यही अभियान अन्र्तगत रेखा आइतबार प्युठान पुगेकी थिइन् ।

‘आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्यूठानको आधार’ भन्ने मुल नाराका साथ सञ्चालन भएको स्र्वगद्धारी प्यूठान महोत्सवमा रेखालाई हेर्न हजारौं दर्शक उपस्थित भए । जहाँ रेखाले बाल बिवाह हुनुपर्ने भनाई राखिन् । महोत्सवको १० औं दिन नायिका थापा र ‘छोरीका निम्ति स्वर्णीम नेपाल महा–अभियान’ का अभियन्ता नरबहादुर कार्की सहित रेखा प्यूठान पुगेकी थिइन् ।

हिम्मतवाली रेखा थापा प्युठान पुग्दा दर्शकको उपस्थित थामिनसक्नु रहेको आयोजकले बताए । उक्त महोत्सवमा बाल बिवाहसँगै नारी शसक्तिकरणको विषयमा बोलेकी थिइन् । रेखा ‘रुद्रप्रिया’ पछि नयाँ फिल्म निर्माणमा जुटेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha