जन्मदिन विशेष : पूर्णविक्रमको स्टार बन्ने यात्रा

स्टार नायक पल शाहको आज (बुधबार) जन्मदिन हो । युवा युस्ताका ढुकढुकी पललाई सामाजिक सञ्जालमा धेरैले जन्मदिनको कामना दिइरहेका छन् । कम उमेरमै स्टार बनेका पल को हुन् र कहिले बाट बने चर्चित ? हामीले छोटकरीमा पललाई नजिकबाट नियालेका छौं ।

स्थायी घर दाङ भएका पलको वास्तविक नाम पूर्णविक्रम शाह हो । पूर्ण हुँदा पल मोडल या फिल्मको हिरो थिएनन् । आर्मी बन्ने सपना पालेका पूर्ण ‘एडिटर’ थिए । म्युजिक भिडियो सम्पादन गर्दा गर्दै पल बनेर पूर्ण मोडल भए । मोडलिङ सुरु गरेपछि पल एकाएक सबैको रोजाइको मोडल बन्न गए । सुनिल गिरीको गीत ‘को होला त्यो’ भिडियोमा मोडलिङ गरेपछि पल रातारात स्टार बने । ‘हनी बनी’ रिलिज पछि त पल म्युजिक भिडियोका ‘राजा’ कै रुपमा चिनिए । भिडियो हेर्नुस :

म्युजिक भिडियोका स्टार पलको डेव्यु फिल्म ‘नाईं नभन्नू ल ४’ नै सुपरहिट बन्यो । दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ ले सोही सफलतालाई पछ्ययो । तेश्रो फिल्म ‘जोनी जेन्टलम्यान’ बाट सफलतामा लागेको ब्रेकलाई पल चौथो फिल्म ‘सत्रुगते’ बाट  फर्काउने तयारीमा छन् । हाँस्य क्षेत्रका स्टारको अभिनय रहेको ‘सत्रुगते’ मा पल र आँचल शर्माको अभिनयले थप प्रतिक्षित बन्न गएको छ । यिनै युवा पुस्ताका चर्चित नायक पल शाहलाई जन्मदिनको मुरी मुरी शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha