यस्तो तस्बिर राखेर ऋचालाई संचिताको शुभेच्छा

अमेरिकामा रहेकी अभिनेत्री ऋचा घिमिरेको बुधबार जन्मदिन परेको छ । उनलाई थुप्रैले सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभेच्छा दिइरहेका छन् । यस्तैमा अभिनेत्री संचिता लुईंटेलले पनि ऋचालाई शुभकामाना दिएकी छन् ।

तर संचिताले अलिक फरक किसिमले ऋचालाई जन्मदिनको शुभकामना दिएकी छन् । दुवै जना गर्भवती भएको तस्बिर राखेर संचिताले ऋचालाई जन्मदिनको शुभेच्छा व्यक्त गरेकी छन् । निर्देशक शंकर घिमिरेसँग बिहे गरेकी ऋचाको तीन र निखिल उप्रेतीसँग बिहे गरेकी संचिताको दुई सन्तान छन् ।

ऋचा र संचिताले ‘छोडी गए पाप लाग्ला’ लगायत फिल्ममा सँगै काम गरेका छन् । जे होस् पुरानो तस्बिर पोस्ट गर्दै जन्मदिन ‘विस’ गर्ने संचिताको तरिका चाहिं रमाईलो छ । जे भएपनि ऋचालाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha