चैत २३ मा पूर्णिमाको ‘हिरोज’ रिलिज

एनबि महर्जनको निर्देशनमा बनेको फिल्म ‘हिरोज’ चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ । फिल्मलाई पूर्णिमा लामाले निर्माण गरेकी हुन् । फिल्ममा उनको पनि मुख्य भूमिका रहेको छ ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् ।

नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउँछिन । ‘हिरोज’ मनोरञ्जनका भरपुर खजानाले भरिएको निर्देशक महर्जनको दावी छ । ‘हिरोज’ को बितरण श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha