‘ए मेरो हजुर २’ पछि नयाँ फिल्म खेल्दै सलिनमान

डेव्यु फिल्म ‘ए मेरो हजुर २’ सुपरहिट भएर पनि नायक सलिनमान बनियाँ चुपचाप छन् । तर बिहिबार टिचिङ अस्पतालमा उपचाररत बाल गायिका जलजला परियारलाई सहयोग हस्तान्तरण गर्न पुगेका सलिनले नयाँ फिल्म खेल्न लागेको खुलाए । भिडियो हेर्नुस् :

कुन फिल्म गर्दैहुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सलिनले भने, ‘अहिले केही नभनौं होला । तपाईंहरुले चाँडै थाहा पाउनु हुनेछ । म फिल्म चाहिं गर्दैछु ।’ झरना थापाको नयाँ फिल्म या अन्य ब्यानरका फिल्म भन्ने बारे चाहिं सलिनले गोप्य नै राखे । निर्माता सुनिल कुमार थापाले पनि सलिनलाई लिएर फिल्म निर्माण गर्ने बारे केही बताउन चाहेनन् ।

‘सलिनले कुनै पनि फिल्ममा साइन गर्नु भएको छैन, तर गर्नुहुन्छ भन्ने आश चाहिं छ’, निर्माता थापाले भने । सुनिल थापाको सुहाना इन्टरटेनमेन्टले निर्माण गर्ने नयाँ फिल्मको नाम ‘भागवत गीता’ या ‘ए मेरो हजुर ३’ हुन सक्छ । राम्रो स्क्रिप्ट भएको खण्डमा थापा क्याम्पमा काम गर्न सकिने सलिनले बताए ।

सलिनले चाहेको स्क्रिप्ट आखिर कस्तो हो त ? ‘रमाईलो होस् । लभ होस् । एक्सन पनि होस् । सबै कुरामा मजा होस् । दर्शकले मन पराउने खालको होस्’, सलिन भन्छन् । सलिनको लागि यस्तो स्क्रिप्ट कसले तयार गर्ला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha