प्रेस शोमा ‘पञ्चेबाजा’को प्रशंसा, प्रदर्शनमा ‘साढे ७’ पनि

आज (फागुन ११) देखि प्रदर्शनमा आएको फिल्म ‘पञ्चेबाजा’ले प्रशंसा पाएको छ । शुक्रबार गरिएको प्रेस शोमा घनश्याम लामिछाने निर्देशित फिल्मले प्रशंसा पाएको हो ।


प्रदीप भारद्वाजको स्क्रिप्ट रहेको ‘पञ्चेबाजा’ को विशेषतः कथा वस्तु र कलाकारको प्रस्तुतीलाई रुचाइयो । ‘फिल्म सोचे भन्दा राम्रो रहेछ’, फिल्म हेरेपछि एक सञ्चारकर्मीले भने, ‘यसमा निर्देशकको काम देखिन्छ ।’ फिल्ममा अभिनेता सौगात मल्ल, कर्म, सृजना सुब्बा, बुद्धि तामांग र जस्मिन श्रेष्ठको मुख्य भूमिका रहेको छ । हरी घलेलामाको छायाँकन रहेको फिल्ममा विकास चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । प्रोमो हेर्नुस् :

प्रचार प्रसार व्यापक नभएपनि फिल्मले पाएको प्रशंसाले दर्शक हलमा तान्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । ‘पञ्चेबाजा’सँगै शुक्रबार देखि साम्तेन भुटियाले निर्देशन गरेको फिल्म साढे ७ पनि प्रदर्शनमा आएको छ । फिल्ममा सत्यराज आचार्य, कामेश्वर चौरसिया र मेनुका प्रधान मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha