अनुप, प्रशान्त र बर्षा ‘जय शम्भु’ मा अनुबन्धित

अभिनेता अनुपविक्रम शाही, प्रशान्त ताम्रकार र नायिका बर्षा सिवाकोटीलाई लिएर फिल्म ‘जय शम्भु’ बन्ने भएको छ । एक्सन रिभेञ्ज फिल्ममा अनुप हिरो, प्रशान्त भिलेन र बर्षा लभर गर्लको भूमिकामा प्रस्तुत हुनेछिन् ।

जुना फिल्मसले बनाउन लागेको ‘जय शम्भु’ मा रमेश तामाङको लेखन तथा निर्देशन रहेको छ । अर्विन शाक्य निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा राजकुमार नगरकोटी छन् । फिल्मको छायाँकन यही फागुन महिनाको दोश्रो सातादेखि छायाँकन सुरु हुनेछ । अनुप, प्रशान्त र बर्षाले ‘जय शम्भु’ मा पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha