प्रज्वलसँग श्वेताको ‘एक पल’ (भिडियो)

फिल्म ‘कान्छी ‘को चौथो गीत रिलिज गरिएको छ । निर्देशक आकाश अधिकारीको शब्द रहेको एक पल बोलको गीतमा शम्भूजित बाँस्कोटाको संगीत छ । स्वर अञ्जु पन्त र युवराज चौंलागाईंको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा नायिका श्वेता खड्का र नायक प्रज्वल सुजल गिरी प्रस्तुत छन् । भिडियो हेर्नुस् :

कोहिनूर पछि श्वेता खड्काले निर्माण गरेको कान्छी यतिबेला दोश्रो सातामा प्रदर्शनरत छ । कान्छी अर्थात् श्वेता भने दोश्रो सातामा मोफसल यात्रामा छिन् । हेटौंडा, चितवन र बुटवलका दर्शक माझ श्वेता पुगेकी हुन् ।

याम थापाको स्क्रिप्ट रहेको कान्छी मा श्वेता सहित अभिनेता दायहाङ राई, नीर शाह, अनु शाह, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, कामेश्वर चौरसिया, आशान्त शर्मा र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha