शिल्पा र पुष्प लिएर छविराज ‘मंगलम’ प्रचारमा

यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मंगलम’ को मोफसल प्रचार सुरु गरिएको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, नायिका शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिट पुर्वको धरानबाट मोफसलका मुख्य शहरमा प्रचारको लागि निस्किएको हो ।


फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड हुँदै चितवन, हेटौडा, पोखरा पुग्नेछ । नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । फिल्ममा शिल्पा, पुष्पसंगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । फिल्म फागुन २५ गतेबाट नेपालभरका हलहरुबाट प्रदर्शनमा आउँदैछ । शिल्पा र पुष्पसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha