‘धनपति’ मा अंग्रेजी सव टाइटल पनि

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘धनपति’ अंग्रेजी सव टाइटल पनि रिलिज हुने भएको छ । राजधानीको कमलपोखरीस्थित कुमार हलमा मात्रै अंग्रेजी सव टाइटल सहित फिल्म हेर्न सकिने निर्देशक खनालले जानकारी दिए । किन राखियो त फिल्ममा सव टाइटल ? फिल्मको प्रोमो हेर्नुस् :

‘नेपाली फिल्म हेर्न चाहने अंग्रेजी मात्रै बुझ्ने दर्शकका लागि अंग्रेजी सव टाइटल राखेका हौं । फेरी हाम्रै साथीहरुबाट पनि अंग्रेजी सव टाइटल राख्नु पर्ने गुनासो आइरहेको थियो त्यसैले हामीले राखेका हौं’, निर्देशक खनालले भने । खगेन्द्र लामिछाने शिर्ष भूमिकामा प्रस्तुत भएको फिल्ममा सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरवी बर्तौला लगायत कलाकारहरुको अभिनय रहेको छ । रोजिना सिटौला निर्माता रहेको ‘धनपति’ यही असार २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha