‘जय शम्भु’मा अनुप हिरो, प्रशान्त भिलेन : बर्षा कस्को ?

जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको फिल्म ‘जय शम्भु’ को घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरिएको हो ।


फिल्ममा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिकामा प्रस्तुत हुँदैछन् । यो फिल्ममा अनुप हिरोको रुपमा प्रस्तुत हुँदैछन् भने प्रशान्त भिलेन र बर्षा लिड हिरोइनको रुपमा प्रस्तुत हुनेछिन् । फिल्म जय शम्भुबाट रोशन महर्जनले नव नायकको रुपमा डेब्यु गर्दैछन् ।

दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटी लगायतको लगानी रहने फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन् । ४५ दिन सम्म छायाँकन हुने फिल्म काठमाडौं र अन्नपूर्ण वेस क्याम्पमा खिचिने निर्माण पक्षले बताईएको छ । हरि घले लामाले खिच्ने फिल्ममा श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफि रहनेछ ।


आगामी बर्षको श्रावण १ गते रिलिज लक्ष्य गरिएको फिल्ममा संगीत भने प्रदिप कँडेल र अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट र कालु राणा लगायत कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha