पियुषको ‘लालगेडी’ बनिन् बेनिशा हमाल (भिडियो)

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा पियुष र बेनिशा हमाल फिचरिङ छन् । गीतमा एक अर्काको मनको मायालाई देखाइएको छ । भिडियो हेर्नुस् :

गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाँकन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन् ।

यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् । यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha