दया र प्रियंकाको ‘ह्याप्पी डेज’ २ साता अघि सर्यो

चैत १६ लाई रिलिज मिति तय गरेको फिल्म ‘ह्याप्पी डेज’ दुई साता अगावै प्रदर्शनमा आउने भएको । चैत २ मा बलिउडको प्रतिक्षित फिल्म बाघी २ पनि आउनेपछि दयाहांग राई र प्रियंका कार्की स्टारर फिल्म चैत २ गते प्रदर्शनमा आउने भएको हो ।


नयाँ रिलिजसँगै निर्माण पक्षले ह्याप्पी डेजको गीतको कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ । फिल्मको हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’ मा कभर भिडियो बनाउनु पर्नेछ । कभर भिडियो तयार भएपछी जुन सुकै युट्युब च्यानलबाट अपलोड गरि ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिंक पठाउनु पर्नेछ । गीतको भिडियो हेर्नुस् :

युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्नेछ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय रहेको फिल्मलाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha