आशिरमान र शिल्पाको ब्रेकअपमा को-को थपिए ?

रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस् संयुक्त ब्यानरमा बन्ने फिल्म ब्रेकअप का सम्पूर्ण कलाकारहरु तय भएका छन् । निर्माता रोहित अधिकारीका अुनसार फिल्ममा नायक आशिरमान देशराज जोशी, नायिका शिल्पा मास्के सँगै अभिनेता सरोज खनाल, नायक रेमनदास श्रेष्ठ, सलोन बस्नेत र इच्छा कार्की मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म ‘ब्रेकअप’को यही फागुन २५ गतेदेखि छायाँकन सुरु हँदैछ । फिल्मको ५० प्रतिशत छायाँकन पर्यटकिय नगरी पोखरा र बाँकी छायाँकन अष्ट्रेलियामा गरिने निर्माता अधिकारीको भनाई छ ।  फिल्ममा रोहितसँगै दीपक खतिवडा, रेनु राणा र रुपक थापाले लगानीमा साझेदारी गरेका छन् । नरेन्द्र मैनालीले खिच्ने फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha