‘लम्फू’ कबिरसँग मरिस्काको मस्ती (भिडियो)

फिल्म ‘लम्फू’ को ‘सँगै जिउने सँगै मर्ने’ गीतको भिडियो रिलीज गरिएको छ । प्रेम जोडीबिच प्रेम साटासाट गरेको भाव व्यक्त हुने गीतको भिडियोमा लम्फू उर्फ कबिर खड्का, नायिका मरिस्का पोखरेल, चाँदनी शर्मा, संजित भण्डारी र तरकारीवाली नामले चर्चित कुसुम श्रेष्ठ फिचरिंग छन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । भिडियो हेर्नुस् :

अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर छ । गोपालचन्द्र लामिछाने निर्देशित फिल्म लम्फू आउँदो बैशाख २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडैल, पुष्प आचार्य, झलक कार्की लगायतको कलाकारहरुको अभिनय छ ।


पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका छन् । भूपतिको लेखन रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन र हरि सिलवाल सम्पादन छ । फिल्ममा पुनम गौतमको ड्रेस डिजाइन गरेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha