साम्राज्ञीलाई सकस !

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित दुई फिल्महरु रिलिजको लागि तयार भएका छन् । साम्राज्ञी सोलो हिरोइनको रुपमा प्रस्तुत भएका फिल्महरु ‘ए मेरो हजुर २’ र ‘तिमी सँग’ को रिलिज मिति तोकिएको छ । टिजर रिलिज गर्दै ‘तिमी सँग’ को रिलिज मिति तोक्दा साम्राज्ञीलाई भने सकस पर्न आएको छ । कसरी भयो त साम्राज्ञीलाई सकस ?

फिल्म ‘ए मेरो हजुर २’ को भदौ १६ गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार प्रसार समेत सुरु गरिसक्दा गत साता मात्रै फिल्म ‘तिमी सँग’ को रिलिज मिति सार्वजनिक गरिएको हो । ‘ए मेरो हजुर २’ रिलिज हुने एक साता अगाडी मात्रै ‘तिमी सँग’ आउनु पक्कै पनि राम्रो होइन । एक एक साताको अन्तरालमा फिल्म रिलिज गर्नु निर्माताको आ-आफ्नै बाध्यता होला । तर एक साताको अन्तरालमा एकै कलाकारले अभिनय गरेको फिल्म प्रदर्शनमा आउनु चाहिं फाइदाजन होइन ।

दुवै फिल्महरुले राम्रो व्यापार गरे त राम्रो होला । तर दर्शक दोधारमा परेर फिल्म तलमाथि भएको खण्डमा साम्राज्ञीको करिअरलाई पक्कै असर पर्नेछ । साम्राज्ञी जस्ती सम्भावना नायिकाको फिल्म एक साताको अन्तरालमा रिलिज हुनु चाहिं महाभूल भएको फिल्म नगरीमा चर्चा छ । के यो महाभूललाई दुवै फिल्मका निर्माता तथा वितरकले मनन गर्लान् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha