प्रियंकालाई ‘शत्रुगते’ टिमले दियो यस्तो उपहार

नायिका प्रियंका कार्कीले चैत ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘शुत्रगते’ टिमसँग आफ्नो जन्मदिन मनाएकी छ । मंगलबार कुपण्डोलस्थित एक रेष्टुरेन्टमा केक काट्दै फिल्म युनिटसँग प्रियंकाले आफ्नो जन्मदिन मनाएकी हुन् । जन्मदिनको भिडियो हेर्नुस् :

जन्मदिनमा ‘शत्रुगते’ टिमले प्रियंकालाई फिल्मको भूमिका अनुसार प्रहरीको फोटो फ्रेममा राखेर उपहार स्वरुप दियो । निर्देशक प्रदीप भट्राई, अभिनेत्री दिपाश्री निरौला र निर्माता किरण केसीले प्रियंकालाई उक्त उपहार प्रदान गरे । सबै टिमलाई धन्यवाद दिदैं प्रियंकाले ‘शत्रुगते’ टिमसँग काम गर्न पाउँदा रमाईलो लागेका बताइन् । प्रियंकाका जोडी अभिनेता दिपकराज गिरी भने व्यस्तताका कारण वर्थडेमा उपस्थित हुन नसकेको दिपाश्रीले बताइन् ।

निर्माता तथा कलाकार किरण केसीले चाँडै बिहे होस् भनी प्रियंकालाई आशिर्वाद दिए । प्रेमी आयुष्मानले समय आएपछि प्रियंकासँग बिहे हुने बताए । निर्देशक प्रदीप भट्टराईले सबै कुरा मिलाउन सक्ने नायिका प्रियंका रहेको बताए ।

शत्रुगते मा मह जोडी सहित दिपक, दिपा, किरण, प्रियंका, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल, बसुन्धरा भूषाल लगायत कलाकारहरुको अभिनय छ । फिल्मको रुपै मोहनी बोलको गीत हिट छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha