रेखाको ‘लाल मस्तिष्क’ मा सम्झनाको निर्देशन

अभिनेत्री रेखा थापाले होम प्रोडक्सनबाट नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् । ‘लाल मस्तिष्क’ नाम राखिएको रेखाको फिल्मलाई सम्झना रौनियारले निर्देशन गर्नेछिन् । रेखा स्वयम मुख्य भूमिकामा प्रस्तुत हुने फिल्म जीवन र यात्राको कथामा हुने निर्देशक रौनियारले बताइन् ।


हितैषी रेखा र सम्झनाले पहिलो पटक फिल्ममा सहकार्य गरेका हुन् । उसो त सम्झनाले निर्देशन गरेका यसअघिका दुई फिल्म मेघा र फागुमा सुरुमा रेखालाई नै खेल्न प्रस्ताव गरिएको थियो । जेठको पहिलो सातादेखि छायाँकन सुरु हुने रेखाको ‘लाल मस्तिष्क’मा रामशरण उप्रेतको छायाँकन, सुरेश अधिकारीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । द्धन्द्ध निर्देशन राजकुमार उप्रेतीले गर्नेछन् । स्क्रिप्ट शिवम अधिकारीको हो ।

निर्माताको रुपमा आमा सरस्वती थापा, रेखाकी माइली दिदी तारा थापा र नर कार्की रहेका छन् । फरक शैलीको ‘रुद्रप्रिया’ बनाएकी रेखा आफ्नै टिमलाई लिएर मुलधारको ‘लाल मस्तिष्क’ बनाउन लागेकी हुन् । आउँदो सालको तिहारमा फिल्म प्रदर्शन गर्ने घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha