बैशाख २१ मा खगेन्द्रको ‘डमरुको डण्डीबियो’

फिल्म ‘डमरुको डण्डीबियो’ को रिलिज मिति तय गरिएको छ । दुई नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको बैशाख २१ गतेलाई प्रदर्शन पक्का गरिएको हो । फिल्म मा अभिनेता खगेन्द्रलाई लामिछानेको मुख्य भूमिका रहेको छ ।

स्क्रिप्ट राइटर छेतेन गुरुङको डेव्यु निर्देशन रहेको फिल्म मा खगेन्द्रसँगै मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायत कलाकारको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नुर्बु छिरिंग घलेको लगानीमा निर्माण भएको फिल्ममा खगेन्द्रकै लेखन छ ।

प्रितम पाण्डे र निमेष श्रेष्ठको सम्पादन रहेको कालीप्रसाद बाँस्कोटाको संगीत र हरी हुमागाइँको छायाँकन रहेको छ । फिल्ममा नेपालमा लोप हुँदै गैरहेको डण्डीबियो खेलको कथालाई मुख्य रुपमा उठान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha