रेखाको ‘लाल मस्तिष्क’ बाट निकिता फिल्म वितरणमा

निर्माणको घोषणासँगै नायिका रेखा थापाले फिल्म वितरणको जिम्मा पनि सुम्पिएकी छन् । आउँदो सालको तिहारमा प्रदर्शन हुने रेखाको ‘लाल मस्तिष्क’ लाई मोफसलमा एफडि कम्पनी र राजधानीमा वितरक गोपालकाजी कायस्थले गर्ने भएका छन् । बुधबार मात्रै लाल मस्तिष्क वितरणको सम्झौता भएको हो ।


‘लाल मस्तिष्क’ वितरणसँगै विकास वोर्ड अध्यक्ष निकिता पौडेल पनि नेपाली फिल्म वितरण प्रणालीमा सरिक भएकी छन् । रेखाको फिल्मबाट अध्यक्ष पौडेल वितरक भएकी हुन् । ‘रेखाको फिल्मबाट म र निकिता पौडेलले फिल्म वितरणमा सहकार्य गर्ने भएका हौं’, वितरक काजी भन्छन् ।


रेखा शिर्ष भूमिकामा प्रस्तुत हुने ‘लाल मस्तिष्क’लाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने छिन् । फिल्मको छायाँकन जेठको पहिलो सातादेखि सुरु हुनेछ । निर्माताको रुपमा सरस्वती थापा, नर कार्की र तारा थापा राणा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha