‘रामकहानी’ सुटिङमा माग्ने बुढाले ढाले खसी

दश लाख पारिश्रमिक लिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ‘रामकहानी’ सुटिङमा खसी काटेर भोज गरेका छन् । बिहिबार फागु पूर्णिमाको अवसर पारेर माग्नेले झण्डै पच्चिस हजार मुल्य पर्ने खसी काटेर युनिटलाई भोज दिएका हुन् ।

‘ठट्टै ठट्टामा खसी काटियो, कलाकार घिमिरेले सुनाए, अब निर्देशक र नायिकाले उचालेपछि काट्नै पर्यो ।’ यता नायिका पूजा शर्माले पनि ख्याल गर्दा गर्दै साँच्चै परेका सुनाइन् । ‘आज खसी काट्नु न त माग्नु दाई भनेको उहाँले त काटि हाल्नु भो । जे होस होलीमा खसी काटेर सुटिंगमा रमाईलो गरियो’ पूजाले सुनाईन । सुदर्शन थापा निर्देशित फिल्मको यतिबेला पोखरामा छायाँकन चलिरहेको छ ।

तीजमा प्रदर्शन हुने ‘रामकहानी’ मा निर्मात्री तथा नायिका शर्मा र नायक आकाश श्रेष्ठ प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । यो जोडीसँगै फिल्ममा केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायत कलाकारहरुको फिल्ममा मुख्य भूमिका छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha