३६ लागे बुद्धि तामाङ, कहिले गर्छन् बिहे ?

‘हैट’को उपनामले चर्चित कलाकार बुद्धि तामाङ ३६ वर्षमा प्रवेश गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको तिमालमा जन्मिएका बुद्धिले हालसम्म ३० बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई थुप्रै कलाकर्मी सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको शुभेच्छा व्यक्त गरिरहेका छन् ।


फिल्ममा व्यस्त भैरहेका बुद्धिले अहिलेसम्म पनि विवाह गरेका छैनन् । किन त ? ‘खै लगन नै जुरेका छैन’, ‘जय भोले को छायाँकनमा रहेका बुद्धि भन्छन्, ‘अब अर्को साल गर्नु पर्ला ।’

उसो विगत पाँच वर्षदेखि उनले आफ्नो विवाह अर्को साल गर्ने बताउँदै आइरहेका छन् । भनेपछि तपाईं कसैको माया प्रेममा हुनुहुन्छ ? प्रेम त भैहाल्छ नि, बुद्धि हाँस्दै भन्छन् । उनले आफ्नो प्रेमिकाको विषयमा भने थप बताउँन चाहेनन् ।

‘कबड्ड’, ‘कबड्डी कबड्डी’ र ‘छक्का पञ्जा’ को सिरिज जस्ता सुपरहिट फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार तामांगलाई जन्मदिनको धेरै धेरै शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha