‘घर बनेपछि मात्रै बिहे’ : प्रियंका-आयुष्मान

फिल्म नगरीको चर्चित प्रेम जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको यसै बर्ष बिहे हुने मिडियामा चर्चा थियो । तर प्रियंका आयुष्मान दुवैले तत्काल आफ्नो बिहे हुने सम्भावना नरहेको बताएका छन् । आखिर किन त ? यो रमाईलो भिडियो हेर्नुस् :

‘काम र करिअर बलियो होस् अनि मात्र बिहे गर्छौं’, ‘वर्थ डे’ मा आयुष्मानले चढाएको ‘सप्राइज बग्गी’ माथि बसेर प्रियंकाले भनिन्, ‘म आफ्नो करिअरको लागि जति चिन्तित छु त्यति नै आफ्नो व्यक्तिगत जीवनमा पनि छु । एकदम राम्रो घर होस् । व्यावसायिक र व्यक्तिगत जीवन दुवै समान होस् । त्यसपछि हामी बिहे गर्छौं ।’


आयुष्मनले पनि प्रियंकाको कुरामा सही थप्दै ‘बिहे बिशेष’ रुपमा हुने बताए । ‘जब म बिहेको औंठी उसलाई लगाइदिन्छु । त्यो अति नै अमुल्य हुनेछ’, आयुष्मानको भनाई छ । गत एक वर्षदेखि प्रेममा रहेका प्रियंका र आयुष्मान पछिल्लो समय धेरै जसो फिल्ममा एकसाथ प्रस्तुत हुने गर्दछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha