करिश्माको ‘हिरोज्’ प्रोमो लञ्च : प्रेसमिटमा रोइन् पूर्णिमा

अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज्’ चैत २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । एनवी महर्जन निर्देशित फिल्मको आइतबार प्रोमो लञ्च गरिएको हो । प्रेसमिटमा प्रोमो सहित फिल्मको चार गीत देखाइयो । प्रोमो हेर्नुस् :

प्रेसमिटमा निर्देशक महर्जन भने उपस्थित भएनन् । यसैले नायिका तथा निर्मात्री पूर्णिमा लामा प्रेसमिटमै रोइन् । फिल्म निर्माणमा आफुलाई सहयोग गर्ने एक एक व्यक्तिको नाम लिदैं पूर्णिमा प्रेसमिटमा रोएकी हुन् । ‘एउटा फिल्म बनाउँदै धेरै फिल्म बनाएको जस्तो अनुभव गर्न पाएँ, रुदै पूर्णिमाले भनिन्, ज जसो तसो गरी फिल्म बनाएको छु । जस्तो छ हेरिदिनु होला ।’

यता लामो समयपछि फिल्ममा अभिनय गरेकी अभिनेत्री करिश्मा मानन्धरले हिरोजको स्क्रिप्ट फरक रहेको दाबी गरिन् । युवा बेरोजगारको विषयमा बनेको फिल्म करिश्माको भनाई थियो ।

महालक्ष्मी फिल्मसको प्रस्तुती रहेको हिरोज मा करिश्मा र पूर्णिमासँगै दिनेश डिसी, जय किसन बस्नेत, मुकेश ढकाल लगायतको अभिनय रहेको छ । फिल्मलाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha