ट्रम्पको नक्कल गर्दा मनोज गजुरेल विश्वका १८ मा

बधाई ! नेपालका चर्चित हाँस्य व्यांग्य कलाकार मनोज गजुरेल विश्वका उत्कृष्ट १८ कमेडियनको सुचीमा पर्न सफल भएका छन् । अमेरिकी अनलाइन सिबिएस न्युज डटकमले यो सुची सार्वजनिक गरेको हो ।


अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको नक्कल गर्नेहरुलाई मात्र १८ जनाको सुचीमा समावेश गरिएको छ । सुचीमा मनोज गजुरेल विभिन्न देशका कमेडियन कलाकारहरु एलेक बाल्डविन, एन्थोनी एटामानुइक, रोबर्ट एन्सलर, मार्सेल फोरेष्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओसम्यान, डेरिओ बालान्टिनी, जोन डी डोमेनिको, एरिक ज्याकम्यान, टोड वेरटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगायत छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र शाह, एमाले अध्यक्ष केपी ओलीको नक्कल गरेर नेपाली दर्शक माझ लोकप्रिय बनेको गजुरेल ट्रम्पको नक्कल गरेसँगै अन्र्तराष्ट्रिय जगतमा पनि चिनिएका छन् । पछिल्लो समय पत्नी मिना ढकालसँगको सम्बन्ध बिच्छेदका कारण पनि गजुरेल चर्चामा रहे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha