निर्देशक दयाराम दाहालको ‘शब्द-संग्राम’ लोकार्पण

वरिष्ठ फिल्म निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् । दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द-संग्राम’ बजारमा आएको छ । हुनत् निर्देशक दाहाल फिल्मको कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया थिए ।

गत शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्द(संग्राम’ लोकार्पण गरेका छन् ।
‘नेपाली चलचित्र क्षेत्रका एक गह्रौं नाम हो, दयाराम दाहाल । थुप्रै राम्रा फिल्म  बनाउंनु भएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेषगरी राजनीतिक गर्ने मासिनहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’ कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले सुनाए ।

डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द संग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । २५० रुपैया पर्ने झण्डै एकसय पचार पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले सुनाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha