‘गाँज बाजा’ निर्देशकले मोफसल पुगेर यसो भने

२५ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘गाँजा बाजा’ को टिम यतीबेला मोफसल दौडमा छ । यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार प्रसार सुरु गरिएको हो । निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापा लगायत अहिले मोफसलमा छन् ।


शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो फिल्मको पत्रकार भेटघाट गरियो । भेटघाटका क्रममा निर्देशक गणेश देब पाण्डेले यो पारिवारिक र हास्य प्रधान फिल्म भएको बताएका छन् । फिल्मको ट्रेलरमा बिप गरिएको बारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक पाण्डेले फिल्ममा त्यस्ता शब्दहरु नरहेको बताए । ‘गाँजा बाजा’ले दर्शकलाई हँसाउने र पूर्ण मनोरञ्जन दिने पनि निर्देशक पाण्डेले बताएका छन् ।

पोखराबाट सुरु भएको मोफसल यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुनेछ । निर्देशक पाण्डेका अनुसार गाँजा बाजाको सोमबार बिराटनगर र दमक, मँगलबार धरानमा पत्रकार भेटघाट राखिएको छ । एक वर्षसम्म अदालतमा मुद्वा लडेको चलचित्र ‘गाँजा बाजा’ अदालतबाट मुद्वा जितेर दर्शकमाझ आउँन लागेको हो ।

यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्म पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । गाँजा बाजालाई सँगै बसेर हेर्दा अभिभावक देखि सन्तानसम्मले सकरात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए । निर्माता गोमाका अनुसार अहिले नेपालमा करिब १८ प्रतिशत युवाहरु विभिन्न लागू औषध तथा दूव्र्यसनीमा फसेकाले यो फिल्मले अरुलाई त्यो मार्गमा लाग्नबाट जोगाउने र दूव्र्यसनीमा फसिसकेकालाई पुन यो नशा छाडेर पूर्व जीवनशैलीमा फर्कन समेत गाँजा बाजाले प्रेरित गर्नेछ ।

यो चलचित्रमा शुशिल सिटौला, वर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । फिल्मको छायाँकन यकोपो रास्लिक (इटालिएन), संगीत निख एन्ड जटा, सम्पादन लोकश बज्राचार्य, ध्वनी अमित श्रेष्ठको रहेको छ । यो चलचित्र हास्य जनरामा तयार गरिएको पनि निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha