रातमा बर्षा राउतको हात काटिएपछि…!

फागुन २१ गते सोमबार, निर्माता रौनक विक्रम कडेलको जन्मदिनको पार्टी थियो । करिब रातको दश बजेतिर निर्माता कडेलको नाराणथान निवासमा केक काट्ने तयारी भयो । वर्थ डे म्यान सहित अभिनेता दयाहाङ राई, निर्देशक निश्चल बस्नेत, नायिका बर्षा राउत लगायत केकको वरपर उभिएका थिए ।

निर्माता मणिराम गौतमले ह्याप्पी वर्थ डे नाराण भन्दै ताली बजाउन थाले । केहीले केक माथि झुण्ड्याइएको बलुन फुटाए । बलुनमा भरिएको झिझिरे केकमाथि पर्यो । केकमा झरिरहेको झिरझिरेलाई रौनकले चक्कु लिएको हातले नै रोक्न थाले । रौनकको चक्कु नजिकै रहेकी बर्षाको दाहिने नाडीमा पर्यो । बर्षा रुँदै छेउ लागिन् । पलभरमै उनको हातबाट रगत बग्न थाल्यो । उनले आफ्नो आँसु थाम्न सकिनन् । निर्देशक सुरेन्द पौडेलले बर्षालाई थम्थमाउँने कोशिस गरे तर बर्षाको नाडीबाट रगत र आँखाबाट आँसु बगिरह्यो ।


यता केक खाने र खुवाउने क्रम चलिरहेको थियो । उता निर्देशक पौडेलले बर्षालाई गाडीमा राखेर महाराजगञ्जको टिचिङ अस्पतालाई हुँईंकाए । ह्याण्डी प्लास्ट लगाएर रगत रोकिएपनि बर्षा निकै आत्तिरहेकी थिइन् । इमरजेन्सीमा पनि आत्तिएकी बर्षाको छिट्टै उपचार हुन सकेन । सरकारी डाक्टरको ढिलासुस्तीका कारण करिब एक घण्टाको पर्खाइपछि बर्षालाई ओपिडीमा लगियो ।

ओपिडीमा बस्दै गर्दा दयाहाङ, निश्चल, मणिराम, रौनक, निर्देशक हेमराज विसी, नायक गौरव पहारी, सिनेम्याटोग्राफर शैलेन्द्र डि कार्की, कलाकार अरुणा कार्की लगायत आइपुगे । गफ गर्दै गर्दा सुरेन्द्रले बर्षालाई डोर्याएर बाहिर ल्याए । ‘पाँच टाँका लगाउनु पर्यो’, सुरेन्द्रले सुनाए । दया, निश्चल, शैलेन्द्र, अरुणा घरतिर लागे । बाँकी नारायणथान फर्किए ।

केही बेरमा घटेको नरमाईलो घटनापछि रमाईलो सुरु भयो । तर रमाउँदै गर्दा पनि सबैले एक अर्कालाई प्रश्न भने गरिरहे, ‘आखिर हात कसरी काटियो ?’ बर्षासँगै सञ्चारकर्मी बैकुण्ठराज पराजुलीको दायाँतर्फको काइँली औंलाको माथिल्लो भाग काटिएको थियो । चक्कु बोकेका ‘वर्थ डे म्यान’को समेत औंलामा चोट लागेको थियो । एउटा चक्कुले तीन जनालाई कसरी चोट पुर्यायो ? 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha