‘जय भोले’ को छायाँकन कसरी ३ सातामै सकियो ?

फिल्म ‘जय भोले’ को छायाँकन तीन सातामै सकिएको छ । ईलाम र विर्तामोड आसपास क्षेत्रमा २१ दिनमै छायाँकन सकेर टिम राजधानी फर्किएको छ ।

तोकिएको समय भन्दा निकै अगाडी फिल्मको छायाँकन सम्पन्न भएको निर्माता तथा निर्देशक अशोक शर्माले बताएका छन् । फाल्गुन १ गते बाट फिल्मको छायाँकन सुरु गरिएको थियो । फिल्म युनिटले मौसमको साथ पायो । मौसमको बाधा भएन । कलाकार पनि पर्फेक्ट परे, चाँडो छायाँकन सक्नुको कारण बारे निर्माता तथा निर्देशक शर्माले भनेका छन् । उसो त फिल्ममा गीत र लामा द्धन्द्धका दृश्य छैनन् । त्यसैले पनि फिल्मको छायाँकन सोचे भन्दा छिटो सकिएको हो । स्वस्तिमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धी तामाङ, स्वस्तिमा खड्का, राजाराज पौडेल लगायतका कलाकारहरुको अभिनय छ । शर्माले आफ्नो फिल्मलाई आउँदो दशैंमा ‘छक्का पञ्जा ३’ सँगै लगाउने घोषणा गरेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha