प्रदीप र जसिताको प्रेममा अनुप भिलेन (लिलिबिली प्रोमो)

प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’को ट्रेलर लञ्च गरिएको छ । तीन मिनेट लामो प्रोमोमा लभ, रोमान्स, एक्सन र विछोड महशुस गर्न सकिन्छ । मिलन चाम्स निर्देशित ‘लिलिबिली’ को प्रोमो हेर्नुस् :

चैत ३० गतेदेखि प्रदर्शनमा आउने लिलिबिलीको प्रोमोमा प्रदीप र नव नायिका जसिता गुरुगंको प्रेममा अनुपविक्रम शाही भिलेन बनेको छन् । नायक सविन श्रेष्ठ र नायिका प्रियंका कार्कीलाई एक एक झलक देखाइएको छ । प्रोमोका केही संवादहरु क्याची छन् ।

निर्देशक चाम्स, वितरक गोविन्द शाही र निर्माता सुुदीप खड्काको संयुक्त निर्माण रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । फिल्मको सम्पूर्ण छायाँकन स्कटल्याण्ड र स्थानाबुलमा गरिएको हो । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha