शिल्पा र पुष्पको ‘पर्ख पर्ख मायालु’ लाई १ करोड

फिल्म ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ गीतको भिडियो पनि एक करोड क्लबमा समावेश भएको छ । रिलिजको दुई दिन अगाडी दिपक शर्माद्वारा संगीतवद्ध गीतको भिडियोले १ करोड भ्युज पाएको हो । संगीतकार शर्माकै शब्द रहेको गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर छ । भिडियो हेर्नुस् :

नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्काको नृत्य रहेको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । छायाँकन विष्णु कल्पित घिमिरेको छ । नवल नेपाल निर्देशित मंगलम पारिवारिक प्रेम कथामा आधारित छ । फिल्ममा शिल्पा र पुष्पसँगै अर्का नायक पृश्वीराज प्रसाईं, वरिष्ठ अभिनेता नीर शाह, अभिनेत्री मिथिला शर्मा र युवा स्टार साम्राज्ञीराज्य लक्ष्मी शाहको अतिथि भूमिका छ । शिल्पा, पुष्प र पृश्वीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

यही शुक्रबार अर्थात् फागुन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रचार प्रसार तिव्र रुपमा गरिएको छ । पर्ख पर्ख मायालु हिट हुँदा फिल्मको प्रोमोलाई पनि रुचाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha