छविराजलाई पहिलो पटक छोराको प्रशंसा

यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘मंगलम’ राम्रो बनेको वरिष्ठ निर्माता छविराज ओझाका छोरा साकार ओझाले बताएका छन् । ‘पर्ख पर्ख मायालु’ को एक करोडको भ्युज केक काट्न राखिएको प्रेसमिटमा ओझ पुत्रले छविराज प्रोडक्सनमा ‘मंगलम’ उत्कृष्ट फिल्म बनेको दाबी गरेका हुन् ।

‘म जहिल्यै पनि ड्याडले बनाएका फिल्महरुलाई लिएर कराउने गर्थें’, मंगलम रफमै हेरेपछि मैंले उहाँलाई पहिलो पटक बधाई दिएँ’, साकारले भने, ‘ड्याडले बनाएका फिल्महरुमा कसले चोर्यो मेरो मन पछि मंगलम हेरेको हुँ ।’ ‘मंगलम’मा नीर शाहदेखि पुष्प खड्कासम्मले उत्कृष्ट अभिनय गरेको साकारले बताए ।


यता पहिलो पटक निर्मात्री बनेकी शिल्पाले फिल्ममा आफु मायालु प्रेमिका र आज्ञाकारी बुहारी बनेको खुलाइन् । ‘पर्ख पर्ख मायालु’ ले युट्युवमा एक करोड भ्युज पाएको खुसीयालीमा बुधबार मंगलम टिमले केक काट्दै खुसीयाली साटेको हो ।

प्रस्तुतकर्ता छविराज ओझा सहित निर्देशक नवल नेपाल, नायिका शिल्पा पोखरेल, नायक पुष्प खड्का र पृथ्वी प्रसाईं, वरिष्ठ कलाकारहरु नीर शाह, मिथिला शर्मा, संगीतकार तथा शब्द लेखक दीपक शर्मा, छायाँकार विष्णु कल्पित, गायक कृष्ण काफ्ले र गायिका बिन्दु परियार लगायत उपस्थित थिए । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha