ट्रेन्डिङ नम्वर एकमा ‘लिलिबिली’ ट्रेलर

फिल्म ‘लिलिबिली’ को ट्रेलर युट्युव ट्रेन्डिङ नम्वर एकमा आएको छ । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ स्टारर फिल्मको ट्रेलर अपलोड भएको दुई दिनमा को पहिलो स्थानमा आएको हो ।


मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ मा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की, नायक अनुपविक्रम शाही र अर्का नायक सविन श्रेष्ठको अभिनय छ । चैत ३० गतेदेखि प्रदर्शनमा आउने ‘लिलिबिली’को प्रोमोलाई हालसम्म तीन लाख ८० हजार बढीले हेरेका छन् । फिल्ममा निर्देशक चाम्स, वितर गोविन्द शाही र निर्माता सुदिप खड्काको संयुक्त लगानी रहेको छ । प्रोमो हेर्नुस् :

प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha